रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...
पाल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको शाखाको पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा एवत सारु, सचिवमा धन बहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल रहनु...
नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । सोहि अबसरमा पाल्पाको तानसेनमा पनि मोटरसाइकल र्याली निकालीएको थियो । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । सार्वजनिक...
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...
पाल्पा – वैदेशिक राेजगारीमा जाने मानिसमा सत्यतथ्य सूचना पु-याउने उद्देश्यले तानसेन नगरपालिकाले सराेकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ । वैदेशिक राेजगारीमा जाँदा आवश्यक प्रकृया, कानुनी प्रावधान र समस्या आए समाधानका उपायबारे सराेकारवालालाई जानकारी दिइएकाे थियाे । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले सकेसम्म विदेश नजाने र जानै परे जिल्ला...
पिर्थ थापा मागर,काठमाडौपत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्कार क्यामेरा म्यानलाइ प्रदान गरीने भएको छ ।रिपोटर्स कल्बले आज काठमाडौको सभा गृहमा २७ औं बार्षिक उत्सव समारोह मनाएको छ। सो कार्यक्रममा बोल्दै रिपोटर्स कल्बका अध्यक्ष ऋषि धमलाले, राजाबाणीहरुको अन्दोलनमा समाचार रिपोटिङ्ग गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजतको दुखद निधन भएको...
आधारभुत प्राविधिक माध्यमीक विद्यालय रामपुर ७ डुम्रिगाउँ पाल्पामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयका प्राविधिकधार तर्फका विद्याथिले शनिबार पशु शिविर संचालन गरेका छन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको शिविरमा पशुको गोवर परिक्षण औषधि वितरण विभिन्न पशुलाइ दिइने भ्याक्सीन लगाउनु का साथै...
रामपुर ९पाल्पा० । रोटरी क्लब अफ रामपुर र रोट¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा पाल्पाको रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठको अध्यक्षतामा शनिवार भएको शिविर गौतमबुद्ध मुटु सामुदायिक अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर वचत तथा ऋण...
राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका...
लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयारीको शुरुवात पाल्पाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पामा समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम अभियानको उद्घाटन गर्दै मन्त्री सारुले आम नागरिकको आधारभूत स्वास्थ्यलाई मध्यनजर...