पाल्पाको रामपुर उद्योग वाणिज्य संघको चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले बिहीबार सपथ ग्रहणसँगै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। रामपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दीप राना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा लुम्बिनी...
होम राई मगरपाल्पा, असार १७ – निस्दी गाउँपालिका, पाल्पाले सामुदायिक विद्यालयमा कार्यरत बालविकास केन्द्रका शिक्षक, विद्यालय लेखापाल तथा विद्यालय सहयोगी (का.स.) को तलबमा १५ प्रतिशत वृद्धि गर्न सिफारिस गरेको छ।शिक्षा समितिको आज बसेको बैठकले तलब वृद्धि गर्ने सिफारिस गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक मेख...
बिहानको शीत अझै पातमै टाँसिएको छ। रामपुर नगरपालिका–६ को एउटा सानो बारीमा हरियालीले आँखै थाक्दैन। मचानभरि झुन्डिएका घिरौंला, लहरै फलेका करेला, पातभित्र लुकेका काँक्रा, बोडी र चिचिण्डाले बारीलाई पूर्ण रूपमा ढाकेको छ। लौकाका लामा फलहरू हावासँगै हल्का हल्लिरहेका छन्। हेर्दा लाग्छ—यो किसानको सफलता हो। तर यही हरियालीभित्र उभिएका नारायण...
पाल्पा, रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सहित ८४ करोड ९६ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर सभाको १९ औं अधिवेशन मार्फत बुधबार नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो । नगर सभामा विनियोजन विद्येयक र आर्थिक विद्येयक प्रस्तुत...
रामपुर, असार ९ – रामपुर नगरपालिका–७ निवासी भगवती पाठकको परिवार लामो समयदेखि पीडा, अभाव र संघर्षबीच जीवन बिताइरहेको छ। परिवारका सदस्यहरू एकपछि अर्को स्वास्थ्य समस्याबाट ग्रसित भएपछि सम्पूर्ण जिम्मेवारी भगवतीकै काँधमा आएको छ। भगवतीका जेठा छोरा लालप्रसाद पाठक (जन्म २०४१ साल) करिब १० वर्षअघि मजदुरी गर्ने क्रममा छतबाट खसेर...
पाल्पा, रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम प्रदान गरेको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरुको लागि तालिम प्रदान गरिएको हो । यस अघि खादा बनाउने तालिम लिएका महिलाहरु मध्ये ७ जनालाई थप तालिम प्रदान गरेको हो । रामपुर नगरपालिकाको...
बन्दना पोखरेल उपाध्यक्ष नेपाल पत्रकार महासंघ पाल्पा शााखा सामाजिक सञ्जाल, भावनात्मक खालीपन र बढ्दो सामाजिक–लैङ्गिक विकृतिसम्बन्ध हराउँदै जाँदा दुर्घटनातर्फ धकेलिँदै समाज आजको समय प्रविधिको समय हो। हात–हातमा स्मार्टफोन छन्, संसार एक क्लिकमै सीमित भएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालले टाढाका मानिसलाई नजिक ल्याइदिएको छ। सूचना, शिक्षा,...
रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शिक्षा, युवा बधाई तथा शैक्षिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, वडा भित्र गठित बाल क्लबका अध्यक्ष, विद्यालयका उत्कृष्ट शिक्षक, साथै वडामा क्रियाशील राजनीतिक दल र पत्रकारहरूलाई सम्मान गरिएको हो। कार्यक्रम रामपुर नगरपालिका वडा...
रामपुर, असार ७ । १२ औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको जनविकास योग हल समुद्घाटन गरिएको छ। “स्वस्थ आयुका लागि योग” भन्ने नारासहित आयोजित कार्यक्रममा योग अभ्यास तथा योग हल समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा...
पाल्पा, असार ६ । पाल्पा क्षेत्र नं. १ का कृषकहरूका लागि प्रतिनिधिसभा सदस्य सन्दीप रानाको पहलमा “मेरो सांसद, मेरो अधिकार” कार्यक्रमअन्तर्गत माटो परीक्षण शिविर सुरु गरिएको छ। ३७ वटै वडामा माटो परीक्षण गरी “माटो सुहाउँदो एक वडा–एक कृषि बाली उत्पादन” अभियान सञ्चालन गर्ने लक्ष्यसहित रामपुर नगरपालिकाबाट कार्यक्रम शुभारम्भ गरिएको...