असोज ७, रामपुर (पाल्पा) –चाडपर्वका बेला यात्रुले भोग्नुपर्ने सास्ती न्यूनीकरण गर्ने उद्देश्यले रामपुर नगरपालिका–५, बेझाड बजारस्थित प्रहरी बिट परिसरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुरको पहलमा, नमस्ते यातायात, रामसिता यातायात, स्थानीय व्यापारी तथा व्यवसायीहरूको सहकार्यमा उक्त कक्ष सञ्चालनमा ल्याइएको हो। मंगलबार एक विशेष कार्यक्रम गरी...
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशन अन्तर्गत भदौ २१ मा सम्पन्न निर्वाचनको खर्च विवरण सार्वजनिक गरिएको छ। खर्च सार्वजनिक गर्नुहुँदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत सुर्य दर्शन पण्डितले मितव्यायी रूपमा खर्च गरिएको बताउनुभएको छ। उहाँले ६ लाख २ रुपैया बराबरको खर्च सार्वजनिक गर्नुभएको...
पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ...
पाल्पा । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले...
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पा निवासी कृष्णा कुमारी रानाले आफ्ना स्वर्गीय श्रीमानको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ । आफ्ना स्वर्गीय श्रीमान भुम बहादुर रानाको स्मृतिमा गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । ८९ हजार ५५५ रुपैयाँको अक्षयकोष बापतको रकम गरीब तथा जेहन्दार विद्यार्थीहरुका लागि...
पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारीहरूले आइतबार एक कार्यक्रमका बीच सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नु भएको छ। गत भदौ २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले निर्वाचन सम्पन्न भई भदौ २२ गते साँझ मतगणना सम्पन्न भए पनि मुलुकमा उत्पन्न विशेष परिस्थितिका कारण...
पाल्पा । श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम श्रावणी महोत्सवको खर्च सार्वजनिक गरिएको छ । गत साउनमा भएको श्रीमद्भागवत महापुराणरशिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिले साउन १२ देखि ३१ गते सम्म सञ्चालन भएको महायज्ञको शनिबार खर्च सार्वजनिक गरेको हो । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गुर्न भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । वहाँलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्नुअघि वहाँले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्कीले सिंहदरबारको...
काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए । सुरक्षा निकाय निकाय निरीह बनेपछि दिनभर र रातभर आगो सल्किरह्यो । हेरौँ काठमाडौँ जलेको दिनको केही ड्रोन तस्बिरहरू
पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो । मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो । राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो ।