रामपुर, पाल्पा । रामपुर साहित्यिक प्रतिष्ठानले आफ्नो दशौँ वार्षिकोत्सव कविता वाचन कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम रामपुर नगरपालिका–७, साउनेधारास्थित बालन घरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमले गर्नुभएको थियो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा १ लाख २२ हजार १ सय...
प्युठान, जेठ २७ – माथागढी गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरूलाई कृषि यन्त्र प्रदान गरेको छ। स्थानीय तहको कृषि प्रवर्द्धन र आधुनिकिकरणलाई लक्षित गर्दै गाउँपालिकाले १ सय २८ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा उक्त हाते ट्याक्टरहरू वितरण गरिएको थियो। अध्यक्ष...
पाल्पा । रामपुर देखि बेलडाडा ,मित्याल हुँदै अरुणखोला सडक जोड्ने प्रमुख सडकखण्डको स्तर उन्नति कार्य समयमै सम्पन्न नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयबासीहरुले पहिलो पटक संगठित रूपमा आवाज उठाएका छन्। निस्दी गाउँपालिकाका नवयुवाहरुले सडक निर्माणमा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका विरुद्ध प्रदर्शन र धर्ना कार्यक्रम गर्दै सम्बन्धित सरोकारवालाहरुलाई जवाफदेही...
पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...
पाल्पा – रामपुर नगरपालिकाको आयोजनामा आयोजित जेष्ठ नागरिक नगर भेला, कानुनी सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण, तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रामघाटमा भएको कार्यक्रममा नगर क्षेत्रका वडा नं. १ देखि १० सम्मबाट करिब २०० जना जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिकका अधिकार, उनीहरूलाई हुने सामाजिक...
पाल्पा । कालीगण्डकी डाइभर्सनको रोक्न माग गर्दै सरोकारवालाहरुकी भेला बसेको छ । पछिल्लो समय काली नदि डाइभर्सन गरि तिनाउ खोलामा मिसाउने गरि चर्चा चलेसङ्गै तटीय क्षेत्रका बासिन्दा जुर्मिराउन थालेका छन । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक...
पाल्पा, मातृशक्ति फाउन्डेसनद्वारा आयोजना गरिएको “एकल महिलाहरूको लागि नेतृत्व विकास तालिम” शनिबार एक विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ। तालिम कार्यक्रम फाउन्डेसनकी अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा तथा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।प्रमुख अतिथि बालकुमारी थापाले कार्यक्रमप्रति प्रशंसा गर्दै“यस्ता तालिमले महिलाहरूमा आत्मविश्वास बढाउँछ र उनीहरूलाई अगाडि...
रामपुर, पाल्पा — पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ मा करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको ‘स्केटजोन’ गत वर्षदेखि सञ्चालनमा आएको छ। एक बर्ष पुगेको उपलक्ष्यमा आज वार्षिक उत्सव मनाइएको छ ।स्केटजोनको उद्घाटन ९० वर्षीया प्रेमकुमारी श्रेष्ठले एक विशेष समारोहबीच गर्नु भएको छ। शुक्रबार आयोजना गरिएको वार्षिकोत्सबमा...
पाल्पा — शान्तिपूर्ण, सुरक्षित र सहिष्णु समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित पाल्पामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रभातफेरी र कोण सभासहित सम्पन्न भएको थियो। पाल्पा मेट्रोसिटी हस्पिटल, होराइजन डेन्टल क्लिनिक, रामतुलसी नमूना माध्यमिक विद्यालय लगायत विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा समुदायमा...
पाल्पा, जेठ १९ – कालीगण्डकी आंखा उपचार तथा सर्जिकल सेन्टर, रामपुर-पाल्पामा एक दिने डाइबेटिक रेटीनोप्याथी स्क्रिनिङ शिविर सम्पन्न भएको छ। लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवा र सेवा फाउण्डेसनको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा मधुमेह भएका ९१ जना बिरामीहरूलाई सेवा प्रदान गरिएको थियो। शिविरमा सहभागी बिरामीहरूको...