बागमती

रामपुरमा विवाह पञ्चमी उत्सवको तयारी: माईति पटिको अन्तरक्रिया सम्पन्न

  २०८२-०८-०२        बोली खबर

पाल्पा। – आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि सोमबार रामपुर नगरपालिका सितामाविको प्राङ्गणमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले विवाह पञ्चमीलाई धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग...

पाल्पा रामपुरका ३ वर्षीय फैजान खानको उपचारमा आर्थिक संकट, सहयोगका लागि अपिल

  २०८२-०८-०१        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–४ निवासी ३ वर्षीय बालक फैजान खान दुर्लभ गौचर रोगबाट पीडित भएपछि उपचारका क्रममा गम्भीर आर्थिक संकट परेको छ। नेपालमा आवश्यक उपचार सुविधा उपलब्ध नभएकाले उनलाई हाल भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) नयाँ दिल्लीमा उपचार भइरहेको छ। फैजानका अभिभावक असरफ मियाँ र आसिया खातुनका अनुसार छोराको...

रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु

  २०८२-०७-२९        बोली खबर

पाल्पा, रामपुर ।रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु भएको छ। कार्तिक २८ गते रामपुर नगरपालिका–७ रातमाटामा आयोजना सुरु हुने स्थानमै विशेष कार्यक्रम आयोजना गरी निर्माण कार्यको शुभारम्भ गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ,...

पाल्पामा एमालेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा

  २०८२-०७-२८        बोली खबर

पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...

रामपुरमा विवाह पञ्चमी उत्सवको तयारी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

  २०८२-०७-२१        बोली खबर

पाल्पा ।आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि विहिवार रामपुर नगरपालिकाको कार्यकक्षमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विवाह पञ्चमीलाई रामपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सवका रूपमा स्थापित गर्नुपर्नेमा जोड...

आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ, नेवार समुदायले भव्यताका साथ मनाउँदै

  २०८२-०७-०६        बोली खबर

पाल्पा । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय...

चिरायु अस्पताल,स्वास्थ्य सेवा, समाजसेवा र साझेदारीमा अग्रणी

  २०८२-०७-०४        बोली खबर

पाल्पा अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक टिम र रोगीमैत्री वातावरणका कारण चिरायु अस्पताल, काठमाडौं अहिले राजधानीकै मात्र होइन, देशकै विश्वसनीय स्वास्थ्य संस्था बनेको छ। गुणस्तरीय उपचार, पारदर्शिता र समाजप्रतिको उत्तरदायित्वका कारण यो अस्पतालले छोटो अवधिमै जनविश्वास हासिल गर्न सफल भएको छ। बसुन्धारास्थित चिरायु अस्पतालले सामान्य स्वास्थ्य परीक्षणदेखि लिएर जटिल शल्यक्रिया,...

आज काग तिहार मनाइँदै

  २०८२-०७-०३        बोली खबर

पाल्पा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा...

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप खस्यौली फुटबल क्लबलाई

  २०८२-०६-२६        बोली खबर

पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ ।जिल्लाको रामपुर नगरपालिका ५ मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकरमाa खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।...

आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे

  २०८२-०६-१६        बोली खबर

पाल्पा । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम...