पाल्पा, रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत नगर बाल भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि नगरपालिका बालमैत्रीस्थानीय शासन लागु गर्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो...
पाल्पा रामपुर नगरपालिका वडा नम्बर ७ का ११जना अपाङ्गता भएका नागरिकलाई ह्वीलचियर बितरण गरिएको छ । खुट्टाले हिड्न नसक्ने घिस्रीएर हिड्नु पर्ने वा परिवारको सहयोगमा रहेका ११ जनालाई वडा कार्यालयको बजेट र ओकेबाजेको सहयोगमा ह्वीलचियर प्रदान गरिएको छ । यस अघि ९ जनालाई बितरण गरीसकीएको थियो भने बिहिवार घरमै...
रामपुर, पाल्पा । रामपुर साहित्यिक प्रतिष्ठानले आफ्नो दशौँ वार्षिकोत्सव कविता वाचन कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम रामपुर नगरपालिका–७, साउनेधारास्थित बालन घरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमले गर्नुभएको थियो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा १ लाख २२ हजार १ सय...
पाल्पा । रामपुर देखि बेलडाडा ,मित्याल हुँदै अरुणखोला सडक जोड्ने प्रमुख सडकखण्डको स्तर उन्नति कार्य समयमै सम्पन्न नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयबासीहरुले पहिलो पटक संगठित रूपमा आवाज उठाएका छन्। निस्दी गाउँपालिकाका नवयुवाहरुले सडक निर्माणमा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका विरुद्ध प्रदर्शन र धर्ना कार्यक्रम गर्दै सम्बन्धित सरोकारवालाहरुलाई जवाफदेही...
पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...
पाल्पा – रामपुर नगरपालिकाको आयोजनामा आयोजित जेष्ठ नागरिक नगर भेला, कानुनी सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण, तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रामघाटमा भएको कार्यक्रममा नगर क्षेत्रका वडा नं. १ देखि १० सम्मबाट करिब २०० जना जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिकका अधिकार, उनीहरूलाई हुने सामाजिक...
पाल्पा । कालीगण्डकी डाइभर्सनको रोक्न माग गर्दै सरोकारवालाहरुकी भेला बसेको छ । पछिल्लो समय काली नदि डाइभर्सन गरि तिनाउ खोलामा मिसाउने गरि चर्चा चलेसङ्गै तटीय क्षेत्रका बासिन्दा जुर्मिराउन थालेका छन । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक...
पाल्पा, मातृशक्ति फाउन्डेसनद्वारा आयोजना गरिएको “एकल महिलाहरूको लागि नेतृत्व विकास तालिम” शनिबार एक विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ। तालिम कार्यक्रम फाउन्डेसनकी अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा तथा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।प्रमुख अतिथि बालकुमारी थापाले कार्यक्रमप्रति प्रशंसा गर्दै“यस्ता तालिमले महिलाहरूमा आत्मविश्वास बढाउँछ र उनीहरूलाई अगाडि...
पाल्पा — शान्तिपूर्ण, सुरक्षित र सहिष्णु समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित पाल्पामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रभातफेरी र कोण सभासहित सम्पन्न भएको थियो। पाल्पा मेट्रोसिटी हस्पिटल, होराइजन डेन्टल क्लिनिक, रामतुलसी नमूना माध्यमिक विद्यालय लगायत विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा समुदायमा...
पाल्पा, जेठ १९ – कालीगण्डकी आंखा उपचार तथा सर्जिकल सेन्टर, रामपुर-पाल्पामा एक दिने डाइबेटिक रेटीनोप्याथी स्क्रिनिङ शिविर सम्पन्न भएको छ। लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवा र सेवा फाउण्डेसनको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा मधुमेह भएका ९१ जना बिरामीहरूलाई सेवा प्रदान गरिएको थियो। शिविरमा सहभागी बिरामीहरूको...