मूख्य समाचार

रामपुर सन्चालनमा आयो जेष्ठ नागरिक स्कुल

  २०८२-०८-२५        बोली खबर

पाल्पा, रामपुर नगरपालिका द्धारा सञ्चालन गर्न लागेको जेष्ठ नागरिक स्कुलको बुधबार शुभारम्भ भएको छ । रामपुर नगरपालिका–५, स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा सञ्चालन गर्न लागिएको जेष्ठ नागरिक स्कुलको सन्चालनमा आएको छ ।स्कुल सन्चालन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थियो । प्रमुख...

दोस्रो भम्बक युनाईटेड कपको उपाधि एनवाईसी नरेठाँटी गल्कोट बागलुङलाई

  २०८२-०८-२२        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कप भलिबल प्रतियोगिताको उपाधि एनवाईसी नरेठाँटी गल्कोट, बागलुङले हात पारेको छ। फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लबलाई सोझो सेटमा पराजित गर्दै नरेठाँटीले विजेता बनेको हो। शनिबार सम्पन्न फाइनलमा नरेठाँटीले २५–२२, २५–१३ र २५–२० को सोझो सेट जित्दै उपाधि चुम्यो। यससँगै आयोजक...

सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम सम्पन्न

  २०८२-०८-२१        बोली खबर

सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।सामुदायिक बन महासंघ पाल्पा उपाध्यक्ष हरी पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रममा बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भण्डारीले सामुदायिक बनलाइ सरकारले जरै खन्न खोजेको बताउदै लुम्बिनी प्रदेश...

रामपुर नगरपालिकामा ३४‍औँ अन्तर्राष्ट्रियअपाङ्गता दिवस मनाइयो

  २०८२-०८-१९        बोली खबर

पाल्पा, रामपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुको ३४‍औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो पाल्पा ।रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको ३४‍औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, अपाङ्गता परिचयपत्र वितरण तथा सहायता सामग्री वितरण गरिएको हो। ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको...

न्‍यू जल्पा देवी युवा क्लबद्वारा ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल प्रतियोगिता आयोजना

  २०८२-०८-१८        बोली खबर

पिर्थ थापा मगर पाल्पाको माथागढी गाउँपालिका–३, सिलङ्गीमा स्थापित न्‍यू जल्पा देवी युवा क्लबले ‘बी लेभल’ गाउँ–टोल स्तरीय भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष तथा खेल संयोजक टेक चौहान मगरका अनुसार भलिबल प्रतियोगिता २०८२ पुष २७ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। खेलमा सहभागी हुन इच्छुक टोलीहरूले २०८२...

दोस्रो भम्बक युनाइटेड कप २०८२ : क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता सुरु

  २०८२-०८-१८        बोली खबर

पाल्पा, रामपुर ।रामपुर नगरपालिका–५, भम्बक खेलमैदानमा दोस्रो भम्बक युनाइटेड कप २०८२ क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता विधिवत् रूपमा सुरु भएको छ। भम्बक युनाइटेड क्लबका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन्। उद्घाटन खेल न्यु...

रामपुर नगरपालिका वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न

  २०८२-०८-१८        बोली खबर

पाल्पा, रामपुर नगरपालिका वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नगरपालिकाले वडा नं. १ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा मंगलबार वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको...

रामपुर–५ भम्बकमा दोस्रो भम्बक युनाइटेड कप भलिबल प्रतियोगिता मंसिर १६ देखि

  २०८२-०८-१५        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–५ भम्बकमा आगामी मंसिर १६ गतेदेखि दोस्रो भम्बक युनाइटेड कप सञ्चालन हुने भएको छ। भम्बक युनाइटेड युथ क्लब रामपुरको आयोजनामा र रामपुर नगरपालिकाको संरक्षणमा हुने क्लव–स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता मंसिर २० गतेसम्म चल्ने आयोजकले जनाएको छ। शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो।...

बिबाह पन्चमी सिताराम बिबाह तयारी पूरा

  २०८२-०८-०९        बोली खबर

पाल्पा, रामपुर नगरपालिकाको सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी पुरा भएको छ । विवाह पञ्चमीको अवसरमा रामपुर नगर भित्र रहेका भगवान रामसीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको उत्थानका लागि मंगलबार हुन लागेको विवाह उत्सवको तयारी सकिएको हो विवाह उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा...

रामतुलसी विद्यालयमा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

  २०८२-०८-०७        बोली खबर

रामतुलसी नमुना माध्यमिक बिद्यालयमा रेडक्रस सर्ककलद्धारा आयोजित जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ । शुक्रबारदेखी विद्यालय परिसरमा सुरु भएको २ दिने गोष्ठी विश्वभर एक थोपा रगत जीवनदान भन्ने उद्देश्यले प्राकतिक प्रकोप,आकस्मीक हुन सक्ने दुर्घटनाका विषयमा जानकारीसँगै प्रयोगात्मक अभ्यास प्रर्दशन गरीएको थियो । पाल्पा जिल्लाका...