रामपुर, पाल्पा ।“हराएको मुस्कान फर्काउने हाम्रो प्रयास” भन्ने मूल नारासहित होराइजन डेन्टल क्लिनिक, रामपुर पाल्पा र ट्राभल डेन्टिस्ट्री नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको निःशुल्क (नकली दाँत) शिविर सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस शिविरमा रामपुर नगरपालिका, रम्भा, निस्दी, बौदीकाली, चापाकोट र घिरिङ गाउँपालिकाका बृद्ध–बृद्धाहरूले निःशुल्क दात सेवा...
पाल्पा । ‘रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने मूल नारासहित सुरु भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह आइतबार रामपुरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र शान्तिको...
पाल्पामा सञ्चालन भएको प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवल, रुपन्देहीले जितेको छ ।जिल्लाको रामपुर नगरपालिका ५ मेटरी स्थित खेलमैदानमा खस्यौली र आयोजक एलजी एसोसिएशन बीच भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकरमाa खस्यौली २–० ले विजयी बन्दै च्याम्पियन बनेको हो ।...
पाल्पा — रामपुरमा भोलि आइतबारदेखि सुरु हुन लागेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता का सबै तयारी पूरा भएका छन्। जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको यो प्रतियोगिता आगामी कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ। आयोजक ज्योतिपुञ्ज युवा क्लब ले शनिबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको ट्रफी...
पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुरले एघारौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । शुक्रबार संस्था स्थापना दिवसको अवसरमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।वार्षिक साधारण सभा एवं स्थापना दिवस समारोह लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको...
पाल्पा — अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले शुक्रबार केन्द्रीय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरूका लागि सहिद बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा निणर्य प्रमाणितसहितको साधारण सभाका लागि प्रतिनिधिहरू छनोट सम्पन्न गरेको छ। सस्थाले कात्तिक १ गते सेवाकेन्द्र स्तरीय तथा एकाइगत साधारणसभाबाट छनोट भई आएका प्रतिनिधि सदस्य...
बिश्व दृस्टी दिवस २०८२ को अबसर मा नेपाल नेत्रज्योति सङ तथा पाल्पा लायन्स लाकोल आखा अस्पताल को आयोजना अन्तर्कृया तथा पाल्पा जिल्ला का प्रहरी हरु को निसुल्क आखा जाच कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर राजिब के सि ले आखा रोग र बच्ने उपाय बारेमा जानकारी...
स्याङ्जा, स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा २०७५ सालदेखि सञ्चालनमा आएको किसान प्राविधिक शिक्षालय स्थानीय युवालाई व्यवहारिक सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । यस शिक्षालयले छोटो समयमै कृषि र प्राविधिक क्षेत्रमा राम्रो ख्याति कमाउन सफल भएको छ । करीब २५ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा खेतबारीमै बाली उत्पादन, फलफूल...
पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं. १०, धन्सारवारिमा जन्मेका हरी प्रसाद भण्डारी अहिले ५९ वर्षका हुनुभएको छ । उहाँको जीवन एउटा साधारण गाउँले मानिसले कसरी मेहनत, सीप र दृढसंकल्पका माध्यमबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हो । बचपनदेखि नै गाउँकै माटोमा खेल्दै हुर्किएका हरी प्रसादको परिवार सामान्य आर्थिक अवस्थाको...
पाल्पा, असोज २२।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज २२ गते बुधबार एकै दिन चारवटा सेवाकेन्द्रहरूबाट साधारण सभाका लागि प्रतिनिधिहरूको चयन गरेको छ। रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर नगरपालिका–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु, र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवाकेन्द्र स्तरीय रूपमा सम्पन्न उक्त कार्यक्रममा निणर्य प्रमाणितसहित प्रतिनिधि छनोट गरिएको हो।...