समाचार

पाल्पा क्षेत्र न १ मा ९ राजनीति दल सहित १३ उम्मेद्बारी दर्ता

  २०८२-१०-०८        बोली खबर

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ९ जना राजनीतिक दलबाट र ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। राजनीतिक दलतर्फ नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, नेपाली कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी...

पाल्पा-१ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी: परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा

  २०८२-१०-०७        बोली खबर

पाल्पा । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी दर्ता भएको छ। लामो समयदेखि एमालेको पकड मानिँदै आएको यस क्षेत्रमा यसपटक परिवर्तनको बलियो सन्देशसहित काङ्ग्रेस उम्मेदवार राना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाल्पा क्षेत्र नं. १ मा हालसम्म सम्पन्न प्रतिनिधि सभाको निर्वाचनहरूमा...

पाल्पा क्षेत्र नं. १ मा एमालेका तर्फबाट नारायण प्रसाद आचार्यको मनोनयन दर्ता

  २०८२-१०-०७        बोली खबर

पाल्पा । पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार नारायण प्रसाद आचार्यले मनोनयन दर्ता गराउनुभएको छ। उहाँले रामपुर नगरपालिका–५ बेझाडस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। मनोनयन दर्ताका क्रममा एमालेका जिल्ला, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।...

पाल्पा–२ : फेरि ठाकुर गैरे नै एमाले उम्मेदवार, रामबहादुर राउतको टिकट खोसियो

  २०८२-१०-०७        बोली खबर

पाल्पा । नेकपा (एमाले) ले पाल्पा–२ मा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले रामबहादुर राउतलाई दिएको टिकट परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई नै अघि सारेको हो । गैरे यसअघि निर्वाचित सांसद हुन् । गैरेलाई टिकट नदिएपछि पार्टीभित्र चर्को आलोचना भएको थियो । शुरूमा यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु...

आगामी निर्वाचनका लागि सर्वदलीय बैठक सम्पन्न

  २०८२-१०-०६        बोली खबर

पाल्पा,  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै पाल्पामा चुनावी चहल पहल सुरु भएको छ । निर्वाचन आयोगले जिल्लाका दुईवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तयारीलाई तिव्रता दिएको हो । आइतबार क्षेत्र नं. १ को रामपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सर्वपक्षीय छलफल...

निस्दीको अर्चलेमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

  २०८२-१०-०५        बोली खबर

होम राई मगरपाल्पा, ४ माघ निस्दी गाउँपालिका–६, अर्चले, पाल्पामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। वडा नम्बर–६ अर्चले वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा रन्गुवा टोल प्रथम, अधमारा टोल दोस्रो र सिमलडाँडा टोल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीमा रन्गुवाका विशाल...

रामपुरमा प्रथम रामपुर ब्याडमिन्टन कप २०८२ सम्पन्न, कवर्ड हल उद्घाटन

  २०८२-१०-०३        बोली खबर

रामपुर ब्याडमिन्टन क्लब, रामपुरको आयोजनामा प्रथम रामपुर ब्याडमिन्टन कप २०८२ भव्य रूपमा उद्घाटन भएको छ। प्रतियोगिता रामपुर नगरपालिका खेलकुद विकास समितिको समन्वय तथा रामपुर नगरपालिकाको संरक्षणमा आयोजना गरिएको हो। भेट्रान्स तथा ‘सी’ लेबल ब्याडमिन्टन प्रतियोगितासँगै नवनिर्मित कवर्ड हलको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर...

रामपुरमा सूचनाको हक सम्बन्धी स्थानीयस्तरीय अन्तरक्रिया सम्पन्न

  २०८२-१०-०१        बोली खबर

पाल्पा — राष्ट्रिय सूचना आयोगले पाल्पाको रामपुरमा सूचनाको हक सम्बन्धी स्थानीयस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागितामा बुधबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले सूचनाको हक सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था र यसको...

रामपुर नगरपालिकामा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न

  २०८२-१०-०१        बोली खबर

पाल्पा, रामपुर।स्थानीय तहमा तथ्याङ्कीय ज्ञान अभिवृद्धि गरी नीति निर्माण, योजना तर्जुमा तथा विकास गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले रामपुर नगरपालिकामा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बुधबार तथ्याङ्क समन्वय कार्यालय पाल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले उत्पादन गरेका आर्थिक, सामाजिक,...

गुरुङगाउँमा होमस्टे सञ्चालनको सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया सम्पन्न

  २०८२-१०-०१        बोली खबर

रामपुर, पाल्पारामपुर नगरपालिका–८ अन्तर्गत भुजातस्थित गुरुङगाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको गुरुङगाउँमा होमस्टे सञ्चालन गर्न सकिने अवस्था छ कि छैन भन्ने उद्देश्यले वडा नम्बर ८ को पहलमा सम्भाव्यता अध्ययन गराइएको हो। समुद्री सतहभन्दा उच्च भागमा...