प्रदेश २

निस्दी गाउँपालिकाले गर्‍यो शिक्षक ,विद्यार्थी र विद्यालयलाई सम्मान

  २०८२-०८-०५        बोली खबर

होम राई मगरपाल्पा / ४ मंसिर । निस्दी गाउँपालिका पाल्पाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई छनौट गरि सम्मान गरेको छ । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर आज एक कार्यक्रमका बिच सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।शैक्षिकसत्र २०८१ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न विद्यालयका ३७...

रामपुरमा विवाह पञ्चमी उत्सवको तयारी: माईति पटिको अन्तरक्रिया सम्पन्न

  २०८२-०८-०२        बोली खबर

पाल्पा। – आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि सोमबार रामपुर नगरपालिका सितामाविको प्राङ्गणमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले विवाह पञ्चमीलाई धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग...

पाल्पा रामपुरका ३ वर्षीय फैजान खानको उपचारमा आर्थिक संकट, सहयोगका लागि अपिल

  २०८२-०८-०१        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–४ निवासी ३ वर्षीय बालक फैजान खान दुर्लभ गौचर रोगबाट पीडित भएपछि उपचारका क्रममा गम्भीर आर्थिक संकट परेको छ। नेपालमा आवश्यक उपचार सुविधा उपलब्ध नभएकाले उनलाई हाल भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) नयाँ दिल्लीमा उपचार भइरहेको छ। फैजानका अभिभावक असरफ मियाँ र आसिया खातुनका अनुसार छोराको...

पाल्पामा एमालेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा

  २०८२-०७-२८        बोली खबर

पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...

रामपुरमा विवाह पञ्चमी उत्सवको तयारी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

  २०८२-०७-२१        बोली खबर

पाल्पा ।आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि विहिवार रामपुर नगरपालिकाको कार्यकक्षमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विवाह पञ्चमीलाई रामपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सवका रूपमा स्थापित गर्नुपर्नेमा जोड...

आज काग तिहार मनाइँदै

  २०८२-०७-०३        बोली खबर

पाल्पा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा...

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

  २०८२-०६-२६        बोली खबर

पाल्पा । ‘रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने मूल नारासहित सुरु भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह आइतबार रामपुरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले युवाको क्षमता अभिवृद्धि, सामाजिक एकता र शान्तिको...

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

  २०८२-०६-१८        बोली खबर

पाल्पा । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान...

आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे

  २०८२-०६-१६        बोली खबर

पाल्पा । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम...

आज फूलपाती भित्र्याइँदै

  २०८२-०६-१३        बोली खबर

पाल्पा। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला,...