गण्डकी

निस्दीको सबै वडामा राष्ट्रिय मगर एकता दिवस मनायो

  २०८२-११-१६        बोली खबर

होम राई मगरपाल्पा / निस्दी गाउँपालिका पाल्पाको सबै वडाहरुमा ४४औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमका साथ मनाएको छ । जम्मा ७ वटा वडा रहेको निस्दीमा आ-आफ्नो कार्ययोजना अनुसार दिवस मनाएको गाउँपालिकाले जनाएको छ ।        मगर एकता दिवस मनाउनका लागि प्रत्येक वडालाई बजेट विनियोजन गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो...

४४ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ मनाइयो

  २०८२-११-१६        बोली खबर

पाल्पा, ४४ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ मनाइएको छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १८ औँ बार्षिक उत्सव मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ शुक्रबार मनाइएको हो ।एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर...

आज ४४औँ मगर एकता दिवस : पाल्पाका स्थानीय तहहरूमा सार्वजनिक बिदा

  २०८२-११-१५        बोली खबर

पाल्पा । आज फागुन १५ गते ४४औँ मगर एकता दिवस देश–विदेशमा रहेका मगर समुदायले विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ मनाइरहेका छन्। विशेषगरी लुम्बिनी, गण्डकी प्रदेशका जिल्लाहरूमा भव्य झाँकी, बृहत् र्‍याली, सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदानका कार्यक्रम आयोजना गरिएका छन्। पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।...

बालहित मा बिको वार्षिकोत्सब एवं सभाहल उद्घाटन सम्पन्न

  २०८२-११-०८        बोली खबर

पाल्पा — बालहित माध्यमिक विद्यालयको ५७औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा बालहित सभाहल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रहनु भएको छ ।प्रमुख अतिथिको...

महाशिवरात्रि पर्व : धार्मिक आस्था, सांस्कृतिक महत्व र गण्डकी क्षेत्रका मन्दिरमा भक्तजनको घुइँचो

  २०८२-११-०३        बोली खबर

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। भगवान शिवको आराधना गर्दै व्रत बस्ने, पूजा–अर्चना गर्ने र रात्रिभर जाग्राम बस्ने परम्परासहित यो पर्वले धार्मिक तथा सांस्कृतिक रुपमा विशेष महत्व बोकेको छ। महाशिवरात्रि पर्वलाई भगवान शिवको प्राकट्य भएको दिनका रूपमा पनि मानिन्छ। यस दिन शिवलिङ्गमा जल,...

स्वर्गीय बाबाआमाको सम्झनामा छोराहरूद्वारा अक्षयकोष स्थापना

  २०८२-१०-२८        बोली खबर

होम राई मगरपाल्पा, २७ माघ।पाल्पाको निस्दी गाउँपालिका–६ अर्चले निवासी धन बहादुर ठाडा, मीन बहादुर ठाडा र प्रेम बहादुर ठाडाले आफ्ना स्वर्गीय बाबा–आमाको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ स्वर्गीय दल बहादुर ठाडा र आमा मन कुमारी ठाडाको स्मृतिमा सिन्दुर आधारभूत विद्यालय, निस्दी–६ सिसिङ्गा अर्चलेमा स्मृति अक्षयकोष स्थापना गरिएको हो। छोराहरुले...

बतास चुली देवी प्राथमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

  २०८२-१०-२८        बोली खबर

पृथ थापा मगर पाल्पा ।पाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबास, अखरिगौडास्थित श्री बतास चुली देवी प्राथमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। श्री बतास चुली देवी प्राथमिक विद्यालयको आयोजनामा, माथागढी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा...

विद्यालय केन्द्रित खोप अभियान: पाल्पाका छात्रालाई क्यान्सरविरुद्ध सुरक्षा

  २०८२-१०-२७        बोली खबर

पाल्पा ।पाल्पा जिल्लाका २२७ विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गर्दै क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। माघ २५ गतेबाट सुरु भएको अभियान फागुन २ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जिल्लाभर सञ्चालन गरिएको अभियान अन्तर्गत पूर्वखोलामा ११०, निस्दीमा १४५,...

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न

  २०८२-१०-२५        बोली खबर

पाल्पा, २४ माघ — प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अर्थ सचिव प्रदीप आचार्यले परम्परागत पत्रकारिता दिनहुँ संकटमा पर्दै गएको भन्दै समयअनुसार पत्रकारहरू डिजिटल प्रविधिमा रूपान्तरण हुनुपर्नेमा जोड दिनु भएको छ। उहाँले...

गंगा माध्यमिक विद्यालयले ४७ औ वार्षिकउत्सव तथा ४८ औं अभिभावक दिवस मनायो

  २०८२-१०-२०        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–८, एक्लेटार स्थित गंगा माध्यमिक विद्यालयले ४७ औ वार्षिकउत्सव तथा ४८ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य ,अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममको समुद्घाटन गर्नुहुँदै श्रेष्ठले प्राविधिक शिक्षा संगै व्यवहारिक तथा नैतिक शिक्षा वर्तमान समाजको आवश्यकता...