गण्डकी

रामतुलसी विद्यालयमा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

  २०८२-०८-०७        बोली खबर

रामतुलसी नमुना माध्यमिक बिद्यालयमा रेडक्रस सर्ककलद्धारा आयोजित जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ । शुक्रबारदेखी विद्यालय परिसरमा सुरु भएको २ दिने गोष्ठी विश्वभर एक थोपा रगत जीवनदान भन्ने उद्देश्यले प्राकतिक प्रकोप,आकस्मीक हुन सक्ने दुर्घटनाका विषयमा जानकारीसँगै प्रयोगात्मक अभ्यास प्रर्दशन गरीएको थियो । पाल्पा जिल्लाका...

पाल्पामा रोटरी क्लब अफ रामपुरद्वारा छात्रा शौचालय हस्तान्तरण

  २०८२-०८-०६        बोली खबर

पाल्पा।रोटरी क्लव अफ रामपुर, पाल्पाले रामपुर नगरपालिका–६ अवस्थित दरैठाँटी माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ। विद्यालयसँगको सहकार्यमा निर्मित शौचालय शुक्रबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। कार्यक्रम रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा तथा क्लबका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ,...

रामपुरमा विवाह पञ्चमी उत्सवको तयारी: माईति पटिको अन्तरक्रिया सम्पन्न

  २०८२-०८-०२        बोली खबर

पाल्पा। – आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि सोमबार रामपुर नगरपालिका सितामाविको प्राङ्गणमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले विवाह पञ्चमीलाई धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग...

पाल्पा रामपुरका ३ वर्षीय फैजान खानको उपचारमा आर्थिक संकट, सहयोगका लागि अपिल

  २०८२-०८-०१        बोली खबर

पाल्पा, रामपुर नगरपालिका–४ निवासी ३ वर्षीय बालक फैजान खान दुर्लभ गौचर रोगबाट पीडित भएपछि उपचारका क्रममा गम्भीर आर्थिक संकट परेको छ। नेपालमा आवश्यक उपचार सुविधा उपलब्ध नभएकाले उनलाई हाल भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) नयाँ दिल्लीमा उपचार भइरहेको छ। फैजानका अभिभावक असरफ मियाँ र आसिया खातुनका अनुसार छोराको...

पाल्पामा नेकपा (एमाले)द्वारा बृहत् जनप्रदर्शन

  २०८२-०७-३०        बोली खबर

पाल्पा ।नेकपा (एमाले) पाल्पाले शनिबार बृहत् जनप्रदर्शन सम्पन्न गरेको छ। जिल्लाका ८१ वटै वडाबाट जुटेका नेता, कार्यकर्ता र सर्वसाधारण गरी करिब १० हजारभन्दा बढी सहभागी उक्त जनप्रदर्शनको मुख्य विषय प्रतिनिधि सभाको पुनर्स्थापना र जेनजी आन्दोलनको घटनाको निष्पक्ष छानबिन रहेको थियो।तानसेनको टुडिखेलबाट सुरु भएको जुलुसले बजार परिक्रमा गर्दै विरोधसभामा परिणत...

रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु

  २०८२-०७-२९        बोली खबर

पाल्पा, रामपुर ।रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु भएको छ। कार्तिक २८ गते रामपुर नगरपालिका–७ रातमाटामा आयोजना सुरु हुने स्थानमै विशेष कार्यक्रम आयोजना गरी निर्माण कार्यको शुभारम्भ गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ,...

माथागढी गाउँपालिकामा विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू

  २०८२-०७-२९        बोली खबर

विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू भएकाे छ। माथागढी गाउँपालिकाकाे समन्वय र चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा ज्ञानोदय आविमा शुक्रबारदेखि चार दिने याेग शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सुरू भएकाे हाे । कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आयुर्वेद सेवा र आयुर्वेद शिक्षालाई पालिकाले...

पाल्पामा एमालेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा

  २०८२-०७-२८        बोली खबर

पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...

प्रदेश बजेट पर्यटकीय पूर्वाधार योजनाको सर्वेक्षण सम्पन्न

  २०८२-०७-२६        बोली खबर

पाल्पा, रामपुर ।रामपुर नगर क्षेत्रमा पछिल्ला वर्षहरूमा विकास र पर्यटन प्रवर्द्धनका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट प्राप्त बजेट अन्तर्गतका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा पूर्वाधार योजनाहरूको सर्वेक्षण कार्य हालै सम्पन्न भएको छ।यो कार्य लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति...

निस्दीमा एकीकृत शैक्षिक प्रणाली सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न

  २०८२-०७-२४        बोली खबर

होम राई मगरपाल्पा / २३ कार्तिक । निस्दी गाउँपालिका पाल्पामा एकीकृत शैक्षिक प्रणाली सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ ।  शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापन र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले विद्यालयलाई पारदर्शी र व्यवहारिक बनाउनका लागि तालिम...