गण्डकी

रामपुरका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान

  २०८२-०३-०४        बोली खबर

पाल्पा, असार ४रामपुर नगरपालिकाका महिलाहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउन ‘खादा बनाउने तालिम’ प्रदान गरिएको छ। उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आयोजित तालिममा रामपुर नगरपालिका भित्रका २२ जना महिलाहरुले सहभागिता जनाएका थिए। गत जेठ १६ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको तालिमको समापन समारोहमा नगर प्रमुख रमण बहादुर थापाले...

हिरासत कक्षमा पुस्तकालय स्थापना, समाज रूपान्तरणमा प्रहरीको उदाहरणीय पहल

  २०८२-०३-०३        बोली खबर

पाल्पा । पाल्पाको रामपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासत कक्षमै पुस्तकालय स्थापना गरी समाजमा सकारात्मक सोच फैलाउने उद्देश्यले उदाहरणीय र प्रशंसनीय पहल थालेको छ। समाज रूपान्तरणमा प्रहरीको भूमिकालाई फरक दृष्टिले उजागर गर्दै यस्तो प्रकारको सामाजिक कार्यले प्रहरीप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ। मंगलबार एक समारोहका बीच कालीगण्डकी फाउन्डेसन नेपालको सहयोगमा...

ज्यामिरे स्वास्थ्य चौकी उद्घाटन, ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा सुलभ बन्दै

  २०८२-०३-०३        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुले आज निस्दी गाउँपालिका वडा नं. ७ स्थित ज्यामीरे स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ। कार्यक्रमका प्रमुख अतिथि मन्त्री सारुले स्वास्थ्य चौकी उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा नागरिकहरुले सहज र गुणस्तरिय स्वास्थ्य सेवा पाउने वातावरण विस्तारै तयार हुँदै गएको बताउनुभयो। उहाँले...

अगुवा कृषकहरुलाई कृषि सामाग्री ठेला गाडा वितरण

  २०८२-०३-०३        बोली खबर

पाल्पाा । रामपुर नगरपालिका वडा नं. ६ का अगुवा कृषकहरूलाई कृषि सामाग्रीका रूपमा ठेला गाडा वितरण गरिएको छ। रामपुर नगरपालिकाले स्वीकृत “कृषि प्रवर्द्धन तथा कृषक सम्मान कार्यक्रम” अन्तर्गत कृषकहरूको दैनिक कृषि कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ठेला गाडा वितरण गरेको हो। कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले साना अनुदानमा...

निस्दी डमरामा अस्थायी प्रहरी पोष्ट स्थापना, अवैध गतिविधि रोक्ने विश्वास

  २०८२-०३-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर १ डमरामा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा आज एक कार्यक्रमका बीच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। कार्यक्रमको अध्यक्षता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोया नारायण सुवेदीले प्रहरी र जनता बीचको सम्बन्ध अझ...

कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न

  २०८२-०३-०२        बोली खबर

पाल्पा, २०८२ असार १‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल सेपाक ताक्रो महासंघको आयोजनामा र श्री रामतुलसी माध्यमिक विद्यालयको संयोजनमा कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो (Sepak Takraw) खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कालीगण्डकी उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, गुरुजन तथा...

जलबायु उत्थानशीलता र पारिस्थितिकीय सुदृढीकरणका लागि कृषक पाठशाला सम्पन्न

  २०८२-०२-३२        बोली खबर

रामपुर, पाल्पा । जलबायु उत्थानशिल समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको उद्देश्यसहित सञ्चालन गरिएको कृषक पाठशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ। राम्चे सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता र सामुदायिक वन महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि श्रेष्ठले वनको...

रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न

  २०८२-०२-३२        बोली खबर

पाल्पा, रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत नगर बाल भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि नगरपालिका बालमैत्रीस्थानीय शासन लागु गर्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो...

वडा कार्यालयले फरक क्षमता भएकालाई घरमै ह्वीलचियर पुर्यायो

  २०८२-०२-३१        बोली खबर

पाल्पा रामपुर नगरपालिका वडा नम्बर ७ का ११जना अपाङ्गता भएका नागरिकलाई ह्वीलचियर बितरण गरिएको छ । खुट्टाले हिड्न नसक्ने घिस्रीएर हिड्नु पर्ने वा परिवारको सहयोगमा रहेका ११ जनालाई वडा कार्यालयको बजेट र ओकेबाजेको सहयोगमा  ह्वीलचियर प्रदान गरिएको छ । यस अघि ९ जनालाई बितरण गरीसकीएको थियो भने बिहिवार घरमै...

रामपुर साहित्यिक प्रतिष्ठानको दशौँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

  २०८२-०२-३०        बोली खबर

रामपुर, पाल्पा । रामपुर साहित्यिक प्रतिष्ठानले आफ्नो दशौँ वार्षिकोत्सव कविता वाचन कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम रामपुर नगरपालिका–७, साउनेधारास्थित बालन घरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमले गर्नुभएको थियो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा १ लाख २२ हजार १ सय...