होम राई मगरपाल्पा / २७ बैशाख । तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्ट्राक्सन हङकङ र आयोजक निस्दी खेलकुद बिकास समितिले जितेको छ । बैशाख २२ गते देखि निस्दी ढुंगानाबेशी खेलमैदानमा शुरु भएको क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ पिरामिड कन्टाक्सन हङकङ र महिला तर्फ निस्दी...
पाल्पा । आज देशका विभिन्न पहाडी जिल्लाहरूमा फागु पर्व (होली) हर्षोल्लासका साथ मनाइएको छ। पहाडी क्षेत्रमा परम्पराअनुसार एक दिन अघि नै होली मनाउने चलन रहेकाले बिहानैदेखि रंग र अबिरले वातावरण रंगीन बनेको थियो। यसैबीच, नजिकिँदै गरेको स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूले होलीका अवसरमा शुभकामना...
सायद बा’ तेस्रोपटक आफ्नो छुट्टीलाई बिट मारेर फर्किदै हुनुहुन्थ्यो। उहाँले मलिन मुहारसङ्गै हात हल्लाईरहनुभएको थियो। म छातीमा खेलौना कार टाँसिंरहेको थिए। आमा मलाई आफ्नो छातीमा टाँसेर घुम्तीबाट बा’ नदेखुन्जेल हेरिरहनुभएको थियो। अहिले लाग्छ,आमा त्यो बेला रुनुभएको थियो। बा’ले तेस्रो छुट्टीमा कतारबाट आउँदा मलाई कार ल्याइदिनुभएको थियो। सायद गाउँमा त्यस्तो...
पाल्पा । आज फागुन १५ गते ४४औँ मगर एकता दिवस देश–विदेशमा रहेका मगर समुदायले विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ मनाइरहेका छन्। विशेषगरी लुम्बिनी, गण्डकी प्रदेशका जिल्लाहरूमा भव्य झाँकी, बृहत् र्याली, सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदानका कार्यक्रम आयोजना गरिएका छन्। पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।...
स्याङ्जा, चापाकोट।आज सरस्वती पूजाको अवसरमा चापाकोट बहुप्राविधिक शिक्षालय, स्याङ्जामा भजन–कीर्तन तथा पूजा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका लागि यस शिक्षालयका पूर्व विद्यार्थीहरू—यहाँ पशु विज्ञान अध्ययन गरी हाल डेनमार्कमा ओजेटी (On the Job Training) का लागि गएका सचिन घिमिरे, प्रवेश भण्डारी र सन्देश श्रेष्ठले भजन–कीर्तन तथा पूजाको सम्पूर्ण खर्च...
रामपुर (पाल्पा), मंसिर २७ लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला समिति पाल्पाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला पाल्पाको रामपुरमा भव्य रूपमा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा सम्पन्न भेलाका मुख्य पाहुना वरिष्ठ साहित्यकार राजेन्द्रकुमार आचार्य रहनुभएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिवसमेत रहनुभएका आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन...
सामुदायिक वनका मुद्दा तथा सवाल बिषयक छलफल कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।सामुदायिक बन महासंघ पाल्पा उपाध्यक्ष हरी पराजुलीको स्वागत बाट सुरु भएको कार्यक्रममा बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भण्डारीले सामुदायिक बनलाइ सरकारले जरै खन्न खोजेको बताउदै लुम्बिनी प्रदेश...
पाल्पा, रामपुर — आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ। आइतबार रामपुर नगरपालिका–७, किसानबारीमा भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्वाइज रुपन्देहीलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। ज्योतिपुञ्जका निरज चौधरीले दुई गोल र सुमित श्रेष्ठले एक गोल गरे भने देवदहका सुरज...
पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...
पाल्पा । रामपुर नगरपालिका-५ बेझाँडमा ३७ औं खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हरितालिका तीजको भोलिपल्ट अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष विहीबार सम्पन्न भएको हो । कार्यक्रम अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीकी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा...