गण्डकी

पाल्पा, राम तुलसी नमुना माविमा २ बर्षे होटल म्यानेजमेन्ट कक्षा सुरु हुँदै

  २०८२-०३-०८        बोली खबर

पाल्पाको राम तुलसी नमुना माध्यमिक विद्यालयले पाल्पामै सरकारी क्षेत्रमा पहिलो पटक होटल म्यानेजमेन्ट सम्बन्धी दुई वर्षे कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठका अनुसार, यस कार्यक्रममा करिब ३० लाख बढी लगानी हुने अनुमान गरिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार होटल म्यानेजमेन्ट कक्षामा करिब ३० देखि...

रामपुरमा ‘सकारात्मक सोच र खुसी एक कला’ कार्यक्रम सम्पन्न

  २०८२-०३-०७        बोली खबर

पाल्पा, असार ७ ।रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा ‘सकारात्मक सोच र खुसी एक कला’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार रामपुरमा विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरी सकारात्मक सोच सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सकारात्मक सोच...

तिलकपुर युनाईटेड क्लब रामपुर ६ पाल्पाले मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण

  २०८२-०३-०७        बोली खबर

तिलकपुर युनाईटेड क्लब रामपुर ६ पाल्पाले मिर्गौला पीडितलाई  आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । शनिबार लामोसमयदेखि पिडित मनकुमारी कुमालको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उदेश्यले  संकलित नगद२लाख १४ हजार ८८८ रुपँैया  रकम हस्तान्तरण गरिएको हो ।  प्रकाश वि.क र कासीराम कुमालको सकृयतामा ४० हजार ३०० रुपैयाँ त्यसतै, प्रदिप विक...

रामपुरका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान

  २०८२-०३-०४        बोली खबर

पाल्पा, असार ४रामपुर नगरपालिकाका महिलाहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउन ‘खादा बनाउने तालिम’ प्रदान गरिएको छ। उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आयोजित तालिममा रामपुर नगरपालिका भित्रका २२ जना महिलाहरुले सहभागिता जनाएका थिए। गत जेठ १६ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको तालिमको समापन समारोहमा नगर प्रमुख रमण बहादुर थापाले...

हिरासत कक्षमा पुस्तकालय स्थापना, समाज रूपान्तरणमा प्रहरीको उदाहरणीय पहल

  २०८२-०३-०३        बोली खबर

पाल्पा । पाल्पाको रामपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासत कक्षमै पुस्तकालय स्थापना गरी समाजमा सकारात्मक सोच फैलाउने उद्देश्यले उदाहरणीय र प्रशंसनीय पहल थालेको छ। समाज रूपान्तरणमा प्रहरीको भूमिकालाई फरक दृष्टिले उजागर गर्दै यस्तो प्रकारको सामाजिक कार्यले प्रहरीप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ। मंगलबार एक समारोहका बीच कालीगण्डकी फाउन्डेसन नेपालको सहयोगमा...

ज्यामिरे स्वास्थ्य चौकी उद्घाटन, ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा सुलभ बन्दै

  २०८२-०३-०३        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुले आज निस्दी गाउँपालिका वडा नं. ७ स्थित ज्यामीरे स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ। कार्यक्रमका प्रमुख अतिथि मन्त्री सारुले स्वास्थ्य चौकी उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा नागरिकहरुले सहज र गुणस्तरिय स्वास्थ्य सेवा पाउने वातावरण विस्तारै तयार हुँदै गएको बताउनुभयो। उहाँले...

अगुवा कृषकहरुलाई कृषि सामाग्री ठेला गाडा वितरण

  २०८२-०३-०३        बोली खबर

पाल्पाा । रामपुर नगरपालिका वडा नं. ६ का अगुवा कृषकहरूलाई कृषि सामाग्रीका रूपमा ठेला गाडा वितरण गरिएको छ। रामपुर नगरपालिकाले स्वीकृत “कृषि प्रवर्द्धन तथा कृषक सम्मान कार्यक्रम” अन्तर्गत कृषकहरूको दैनिक कृषि कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ठेला गाडा वितरण गरेको हो। कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले साना अनुदानमा...

निस्दी डमरामा अस्थायी प्रहरी पोष्ट स्थापना, अवैध गतिविधि रोक्ने विश्वास

  २०८२-०३-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर १ डमरामा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा आज एक कार्यक्रमका बीच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। कार्यक्रमको अध्यक्षता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोया नारायण सुवेदीले प्रहरी र जनता बीचको सम्बन्ध अझ...

कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न

  २०८२-०३-०२        बोली खबर

पाल्पा, २०८२ असार १‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल सेपाक ताक्रो महासंघको आयोजनामा र श्री रामतुलसी माध्यमिक विद्यालयको संयोजनमा कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो (Sepak Takraw) खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कालीगण्डकी उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, गुरुजन तथा...

जलबायु उत्थानशीलता र पारिस्थितिकीय सुदृढीकरणका लागि कृषक पाठशाला सम्पन्न

  २०८२-०२-३२        बोली खबर

रामपुर, पाल्पा । जलबायु उत्थानशिल समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको उद्देश्यसहित सञ्चालन गरिएको कृषक पाठशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ। राम्चे सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता र सामुदायिक वन महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि श्रेष्ठले वनको...