
बन्दना पाेखरेल रामपुर नगरपालिका वडा नं. ५ ले खेलाडीहरुलाई सम्मान संगै मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ । चौथो मेयर कपमा सहभागी खेलाडी, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
मेयर कपमा सबै भन्दा धेरै अंक बटुल्दै वडा नं. ५ ले रनिङ्ग शिल्ड जित्न सफल भएको थियो । मेयर कपमा फुटबल प्रतियोगिता, पुरुष भलिबल प्रतियोगितामा वडा नं. ५ उपविजेता भएको थियो । त्यस्तै रसि तान्ने प्रतियोगितामा विजेता भएको थियो । पर्यटकिय एवं धार्मिक स्थल रामपुर ८ भुजातको सिद्धबाबा धाममा मैत्रीपूर्ण वन भोज कार्यक्रम सहित खेलाडीहरुलाई खादा तथा प्रमाणपत्रले सम्मान गरेको थियो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष्म हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । खेलाडीहरुलाई सम्मान गर्दै प्रमुख अतिथी थापाले खेलकुदले राष्ट्रलाई चिनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले नगर भित्रका खेल प्रतिभाहरुलाई थप उजागर गर्नका लागि नगरपालिकाले प्रशिक्षणको व्यवस्था गर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले युवाहरु विच भातृत्वको विकास संगै, अनुशासित र सृजनशिल बनाउन खेलकुदले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सचिव अर्जुन प्रसाद रेग्मी, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव चिरञ्जीवि सिग्देल, नेकपा एमालेका फणेश्वर गौतम, रामपुर युवाक्लवका उपाध्यक्ष छम बहादुर दरैं, खेलाडी सरोज अधिकारी र टोल संयोजक दोवराज तिवारीले खेलाडीहरुलाई आफ्नो यात्रालाई जारी राख्न अग्रह सहित नगरपालिकाले पनि यसमा पहल गर्नु आवश्यक रहेको बताउनुभयो ।
रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्लले वडाले खेलकुदको प्रवद्र्धनको लागी वडाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य सावित्रा गौतमको स्वागत र वडा सचिव महेश प्रसाद भट्टराईको सञ्चालनमा भएको हो ।
