नेपाल कम्युनिस्ट पार्टी एमालेको पूर्वखोलाको अध्यक्षमा जीवन आचार्य

बाेली खवर   ९ कार्तिक २०७८, मंगलवार २३:५४

नेकपा एमाले पूर्वखोला गाउँपालिकाले प्रथम पालिका अधिवेशन पूर्वखोला ३ मा सम्पन्न भएको छ । अधिवेशन बाट अध्यक्षमा जीवन आचार्य , उपाध्यक्षमा मन बहादुर सारु , सचिबमा टि .वि सारु , सह सचिबमा भगवती राना , मेघ बहादुर राना सहित ५८ कार्यसमिती गठन गरेको छ । उद्घाटन सत्र र बन्द सत्र गरि भएको कार्यक्रम खुल्ला सत्रको कार्यक्रमका प्रमुख अथिती सम्बिधान सभा सदस्य राधाकृष्ण कडेलले पार्टीको गतिबिधीहरुकाे बारेमा वताउदै कार्यक्रम सफलताकाे शुभकामना दिनु भएकाे थियाे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सद्स्य एवम पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपलिकले गरेका सकारात्मक कुरा बारेमा बताउनु भयो । नेकपा एमाले जिल्ला कमिटी सद्स्य एव्म पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई, युवा सघ केन्द्रिय सद्स्य जीवन आचार्य , अनेरास्ववियु केन्द्रिय सद्स्य नवीन आचार्य लगायतले मन्तवय राख्नु भएको थियो । कार्यक्रम नेकपा एमाले पूर्वखोला कमिटी संयोज देवी प्रसाद पंगेनीको अध्यक्षतामा , मेहेरमन थापको स्वागत तथा नेकपा एमाले पूर्वखोला गाउँपालिका ईश्वरी प्रसाद न्यौपनेको अध्यक्षतामा भएको थियो ।