पाल्पाका ९ पालिकामा कांग्रेसको सभापति को भए ?

बाेली खबर   ११ आश्विन २०७८, सोमबार १३:१६

रामपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पाल्पाका ९ वटा स्थानीय तहको नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । रामपुर नगरपालिकाको सभापतिमा नेत्र प्रसाद भटरार्इ विजयी भएका छन् । तानसेन नगरपालिकामा भने स्थागित भएको छ ।

निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँण र पूर्वखोला गाउँपालिकाको सभापतिमा बिष्णु आचार्य सर्वसहमत चयन भएका छन् । रम्भा गाउँपालिकाको सभापतिमा ऋषिराम अर्याल र माथागढी गाँउपालिकाको सभापतिमा दिपक थापा सर्वसम्मत रूपमा चयन भएका छन् ।
त्यस्तै तिनाउ गाउँपालिकाको सभापतिमा प्रेम पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् ।

वगनाशकाली गाउँपालिकाको सभापतिमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिका गाउँपालिकाको सभापतिमा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन भएका छन् । रिब्दीकोट गाउँपालिकाको सभापतिमा रामचन्द्र पाण्डे निर्वाचित भएका छन् ।