जनकल्याण आधारभुत विद्यालयले अर्ध बार्षिक परीक्षा नतिजा प्रकाशन गर्‍यो

बन्दना पोखरेल   २३ माघ २०७७, शुक्रबार १८:३०

सिमा श्रेष्ठ पुर्बखोला गाउँ पालिका ५ बिरकोट पाल्पा स्थित जनकल्याण आधारभुत बिधालय ले २०७७सालको अर्ध बार्षिक परीक्षा नतिजा प्रकाशन गरेको छ। बिधालयको प्रधानाध्यापक मन बहादुर गाहाले कोभिड १९ले गर्दा पढाईमा धेरै बाधा त परेकै छ तर गत शैक्षिक बर्षको उपलब्धिको समीक्षा गर्दै कोभिड१९ को जोखिम समयमा पनि गाउँ पालिकाबाट चलाएको तौल पढाइ, स्वअध्यन पुस्तिकाबाट विद्यार्थीहरुलाइ धेरै सहयोग पुगेकोले बताउनु भएको छ। बिधालय खोलेको अबधि थोरै भएपनि विद्यार्थीहरुमा उपलब्धि त्यति असर नपरेको कुरा जानकारी गराउनु भएको छ ।बिसम परिस्थितिमा कार्यक्रम चलाएर सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनु भएको छ ।बिधालयका अध्यक्ष शिव बहादुर ठाडाले को अध्यक्षता कार्यक्रम चलेको थियो ।