
पाल्पा:- “हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान” भन्ने मूल उद्देश्य सहित माथागढी गाउँपालिका,पाल्पाकाे दशाैं गाउँसभा गाउँपालिकाको सभाहल,झडेवामा सम्पन्न भएको छ ।
गाउँ सभाका अध्यक्ष सन्तोष थापाले आफू प्रतिनिधिका रुपमा निर्वाचित भएसँंगै जनताका सामू आफूले राखेका सक्दो मागहरू पूरा गरेको र केही मागहरू पूरा गर्ने अठोटका बाबजुद लाग्दा पनि पूरा नभएको हुनसक्ने अवस्थामा त्यस्ता मागलाई पनि महत्त्वका साथ कार्यान्वयनमा लैजाने बताउनुभयो साथै गाउँपालिकामा स्थानीय सरकार भैसकेपछि सरकारकाे पक्षबाट गर्नुपर्ने कार्यलाई निरन्तर रुपमा लगिएको र गाउँपालिकामा ३५ जना स्थायी निजामती कर्मचारीको दरबन्दी रहेता पनि हालसम्म ९ जना मात्र स्थायी निजामती कर्मचारीहरुलाई परिचालनमा ल्याई आम सेवाग्राहीहरुको कार्यसम्पादनमा लागेता पनि कहिलेकाहीँ कर्मचारी अभावमा काम रोकिएको अवस्थामा सेवाग्राहीले पिडा भोग्नुपरेको तितो यथार्थ पनि रहेको बताउनुभयो ।
पाल्पा जिल्लाको १० वटा स्थानीय तह मध्ये पहिलो स्थानीय तहको रुपमा कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम “हाम्रो माथागढी” नामक पुस्तक विद्यालयमा पठनपाठन गरिएको भएपनि ती कार्यमा अनेकौं कार्य गर्न अझ अपूर्ण रहेकोले विज्ञहरूको सहयोगमा ती कार्यहरू पनि पूर्ण गर्दै लैजाने सभाध्यक्ष थापाले बताउनुभयो। गाउँपालिका भित्र सुधार गर्नुपर्ने कुराहरू धेरै रहेकोमा सिक्दै सुधार गर्दै अगाडि बढिएकाे हुँदा आफू पनि सम्पूर्ण कार्य सही छ भन्ने कुरामा सन्तुष्ट हुन नसक्ने अवस्था रहेकोले चौथो अंगको रुपमा रहेको सञ्चारकर्मी तथा पत्रकारहरुले आवश्यक सूचनाको पाटाेमा सहयोग गर्नका लागि अनुराेध गर्नु भएको थियो । साथै आफूबाट गर्नुपर्ने कुनै पनि कार्यलाई पूर्ण गर्न कुनै कसर बाँकी नराखी लाग्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा सभाका सदस्य एवम् गाउँपालसका उपाध्यक्ष निर्मला भट्टराईले माथागढी गाउँपालिकाकाे विनियोजन ऐन २०७८/०७९ लाई संशोधन गर्न गाउँपालिका काे १० औं गाउँसभामा प्रस्तुत गरि याेजनालाई पारित गर्नका लागि प्रस्तुति सहित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै गरि गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत तथा गाउँसभाका सदस्य सचिव दिनेश ज्ञवालीले गाउँपालिकाबाट गरिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्रमशः शिक्षक कर्मचारी बिमा , ६ वटा उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पाेसाक वितरण , २९१६ जना नागरिकको नि:शुल्क मुटु परीक्षण साथै जटिल समस्या भएका ५९ जनालाई रिफर गरिएको , काेभिड १९ विरुद्ध ८९% नागरिकलाई खाेप लगाइएको ,स्वास्थ्यकर्मी लाई तालिम सञ्चालन गरिएको , लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान ८ वटै वडामा गरिएको , शताब्दीका जेष्ठ नागरिकलाई सम्मान गरिएको , १५ शैयाकाे अस्पताल निर्माण सुरु लगाएतका विभिन्न याेजनाहरु समेटिएको साथै कृषि क्षेत्र , पशु क्षेत्र , प्रशासन क्षेत्र लगायतमा गरिएको सहित प्रगति सहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गाउँसभाका दिन सम्ममा खर्च प्रगति विवरण चालू तर्फ कुल बजेट रु.३०,९७,४९,०००/- र खर्च बजेट रु.९,७१,७९,६७८.०८/- पुँजी तर्फ कुल बजेट रु. २४,७३,४६,०००/- मा खर्च रु. १,८३,९७,८००.४२/- रहेको बताउनु भएको थियो ।
गाउँसभामा जग्गा दाता , उत्कृष्ट प्रधानाध्यापक,शिक्षक , उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट पत्रकार , सेवा निवृत्त शिक्षक लगाएतलाई गाउँपालिकाले सम्मान गरेको छ । सम्मानमा करुवा, नगद पुरस्कार , फूल, टीका खाँदा सहित सम्मान गरिएको थियो ।
साथै सम्मानित व्यक्तित्वहरुकाे तर्फबाट शुभकामना मन्तव्य सेवा निवृत्त शिक्षककाे तर्फबाट रामप्रसाद अर्याल , सम्मानित शिक्षकहरू तर्फबाट राजन अधिकारी ,जग्गा दाताहरूको तर्फबाट बालकृष्ण जि सि,सम्मानित पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ उपाध्यक्ष भरतराज शर्मा ,पत्रकार महासंघ अध्यक्ष रेखिराम राना लगाएतले शुभकामना मन्तव्य राख्दै गाउँपालिकाले गरेको उत्कृष्ट कार्यप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
गाउँसभामा ८ वडाका जनप्रतिनिधि, कर्मचारी,पत्रकार अन्य बुद्धिजीवी नागरिक लगायतको उल्लेख्य सहभागी रहेको थियो ।भने गाउँपालिका प्रवक्ता मधु पराजुलीको स्वागत मन्तव्यबाट सुरुवात भएको, गाउँसभाको उद्घोषण गाउँसभा सदस्य सचिव दिनेश ज्ञवालीले गर्नुभएको थियो।